Mathematics Quiz Training – One Day Training Program

Mathematics Quiz Training: One Day Training Program

गणितलाई केवल पाठ्यपुस्तकमा सीमित नराखी विद्यार्थीहरूको रुचि, आत्मविश्वास, तार्किक क्षमता, सिर्जनशील सोच तथा समस्या समाधान गर्ने क्षमताको विकास गर्ने उद्देश्यले यस One Day Mathematics Quiz Training Program आयोजना गरिएको हो।

यस प्रशिक्षण कार्यक्रममा यहाँहरू जस्ता अनुभवी तथा सम्माननीय शिक्षकज्यूहरूको सक्रिय सहभागिता, सहकार्य र मार्गदर्शन ले Mathematics Quiz लाई अझ व्यवस्थित, प्रभावकारी र एकरूप रूपमा सञ्चालन गर्न महत्वपूर्ण योगदान पुग्नेछ भन्ने हाम्रो विश्वास छ।

प्रशिक्षणको मुख्य उद्देश्य

यस One Day Training मार्फत विभिन्न विद्यालय तथा क्षेत्रमा सञ्चालन हुने Mathematics Quiz लाई अझ प्रभावकारी बनाउन आवश्यक Quiz Models, Question Patterns, Rounds, Rules, Scoring Methods तथा Quiz Management Techniques सम्बन्धी आवश्यक सामग्री तथा नमुनाहरू उपलब्ध गराइनेछ।

प्रशिक्षणमा सहभागी शिक्षकज्यूहरूलाई विभिन्न प्रकारका Mathematics Quiz Models तथा Practice Questions उपलब्ध गराइनेछ। यी सामग्रीहरूलाई विद्यालयमा प्रयोग गरी विद्यार्थीहरूलाई नियमित रूपमा Mathematics Quiz को अभ्यास गराउन सकिनेछ।

Mathematics Quiz: खेल मात्र होइन, सिकाइको रमाइलो माध्यम Mathematics Quiz लाई हामी केवल प्रतिस्पर्धा वा खेल का रूपमा मात्र हेर्न चाहँदैनौँ। यो विद्यार्थीहरूमा गणितप्रतिको डर कम गर्दै “Mathematics can also be fun” भन्ने भावना विकास गर्ने एउटा प्रभावकारी माध्यम हो।

Quiz मार्फत विद्यार्थीहरूले गणितीय अवधारणालाई छिटो सम्झने, तार्किक रूपमा सोच्ने, सही निर्णय गर्ने, समय व्यवस्थापन गर्ने तथा समूहमा सहकार्य गर्ने अवसर प्राप्त गर्छन्।

त्यसैले यहाँहरूलाई उपलब्ध गराइएका विभिन्न Quiz Models तथा Practice Materials प्रयोग गरी आफ्ना विद्यार्थीहरूलाई नियमित रूपमा Mathematics Quiz अभ्यास गराइदिनुहुन अनुरोध गर्दछौँ।

 शिक्षकज्यूहरूको भूमिका

यस अभियानलाई सफल बनाउन शिक्षकज्यूहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहनेछ। यहाँहरूको निरन्तर प्रयास र मार्गदर्शनबाट विद्यार्थीहरूले गणितलाई केवल कठिन विषयका रूपमा होइन, रुचि, उत्साह र सिर्जनशीलतासहित सिक्न सकिने विषयका रूपमा अनुभव गर्नेछन् भन्ने हाम्रो आशा छ।

हामी विश्वास गर्दछौँ कि यहाँहरूको सक्रिय सहभागिता र सहकार्यबाट विभिन्न विद्यालयमा सञ्चालन हुने Mathematics Quiz मा एकरूपता, गुणस्तर र प्रभावकारिता थप विकास हुनेछ।

हाम्रो अपेक्षा यस One Day Training पछि यहाँहरूले प्राप्त गर्नुभएको Quiz Models, Questions तथा Practice Materials लाई आफ्ना विद्यालयमा प्रयोग गर्दै विद्यार्थीहरूलाई Mathematics Quiz को नियमित अभ्यास गराउनुहुनेछ भन्ने अपेक्षा राखेका छौँ।

गणितलाई केवल पढाउने विषय होइन, विद्यार्थीले रमाउँदै सिक्ने र अभ्यास गर्ने विषय बनाऔँ।

यहाँहरूको अमूल्य समय, सहभागिता, सहयोग र निरन्तर प्रयासप्रति हार्दिक सम्मान तथा धन्यवाद।

Let us make Mathematics interesting, interactive and enjoyable for every student.

Mathematics Quiz Training Team
One Day Training Program

One Day Mathematics Quiz Training – Video

One Day Mathematics Quiz Training कार्यक्रमको भिडियो यहाँ हेर्नुहोस्।

प्रशिक्षणका क्रममा भएका गतिविधि, Quiz Models, अभ्यास तथा सिकाइका महत्वपूर्ण क्षणहरू समेटिएको भिडियो यहाँ उपलब्ध छ।

👇 भिडियो हेर्नुहोस्
▶ https://youtu.be/crQFb9c4udQ?si=DgNG79gs76aukyTH

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img

Contact

Rakesh Ghimire

Teacher

Follow Us

Page View

Site Element

Calender

Nepali Date Converter


Powered by © nepali date converter

Facebook

Video